अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०१ | Colorodo: 17:16

संसदबाट पारित चिकित्सा विधेयकको विरोधमा काठमाडौंमा प्रदर्शन

बिआरटीनेपाल २०७५ माघ १२ गते ३:०० मा प्रकाशित

प्रतिनिधिसभाबाट शुक्रबार पारित चिकित्सा शिक्षा विधेयक फिर्ता लिन माग गर्दै शनिबार काठमाडौंको माइतीघर मन्डलामा प्रदर्शन भएको छ । ‘सोलिडारिटी फर डा. केसी अलायन्स’को अगुवाइमा भएको प्रदर्शनका सहभागीले डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका माग पूरा गर्न सरकारलाई गम्भीर बन्न आग्रह गरेका थिए ।

सम्झौताविपरीत माफियामुखी चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै उनीहरुले जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारलाई खबरदारी गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सरकारविरोधी नारासमेत लगाएका थिए ।

माइतीघर मन्डलाबाट सुरु भएको प्रदर्शनसहितर्को याली नयाँबानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्नेहरुले सरकारले डा. केसीसित गरेका सम्झौता तोडेको भन्दै उनको ज्यानप्रति सरकारलाई संवेदनशील बन्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू