अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

पुष्कर पन्तको कविता सङ्ग्रह “नेपालदेखि अमेरिकासम्म” लोकार्पण समारोह सम्पन्न

बिआरटीनेपाल २०७५ माघ ११ गते १२:४६ मा प्रकाशित

सर्जक पुष्कर पन्त (अमेरिका) को कविता सङ्ग्रह “नेपालदेखि अमेरिकासम्म” को आज लोकार्पण समारोह सप्पन्न भयो । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल बाग्मती समितिले आयोजना गरेको सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, अनेसासका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष अच्युरमण अधिकारी, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, साहित्यकारहरू कृष्ण प्रधान, कोषराज न्यौपाने, डा. शान्तिमाया गिरिले सयुक्तरुपमा सो कृतिको लोकार्पण गर्नु भयो । 

कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष सरिता अर्यालले गर्नु भएको थियो भने सञ्चालन सविता बिमलीले गर्नु भएको थियो । सोही अवसरमा लोकार्पण कृतिबाट क्रमशः: विजय ध्वज थापा, गीता रेग्मीलगायतले कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा कमला रिसालले गीत गाउनु भएको थियो ।

कार्यक्रममा डा. सुरेन्द्र के.सी., शंकर भारती, बाबा बस्नेतलगायत विशिष्ट साहित्यकारहरू उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू