अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

सभामुखबाट जालझेल भयो, कांग्रेस अब संसदमा लड्छ – कांग्रेस नेता गगन थापा

बिआरटीनेपाल २०७५ माघ ११ गते ८:५२ मा प्रकाशित

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा बैठकमा सभामुखबाट जालझेलपूर्ण व्यवहार भएको आरोप लगाउनुभएको छ । कांग्रेसको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले दुई तिहाई बहुमतको आडमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले सभामुख र सरकारको व्यवहारविरुद्ध कांग्रेस अब संसद र सडकमा लड्ने चेतावनी दिनुभयो ।

सभामुखले तपाईहरुको अवरोध भयो भने सदन अगाडि बढाउदिन भन्ने सन्देश कांग्रेसलाई दिएको तर बैठकमा जालझेल गरेको थापाले दावी गर्नुभयो । “चिकित्सा शिक्षा विधेयक पास गर्न सरकारभन्दा अर्काे कोही लागेको थियो भने त्यो सभामुख लागेको थियो”, उहाँले भन्नुभयोे, “संसदको मुठभेड टार्ने बेलामा प्रतिपक्षी सांसदलाई बोलाएर संसदमा गलत व्यवहार गरियो।” सभामखुले पदबाट जिम्मेवारपूर्ण व्यवहार गर्न नसेकेको नेता थापाले गुनासो गर्नुभयो ।

नेता थापाले गोविन्द केसीसँग भएको सम्झौता उल्ट्याएर सरकारले गल्ती गरेको टिप्पणी समेत गर्नुभएको छ । थापाले सरकार शक्तिशाली हो कि सरकारलाई चलाउने व्यवसायी भनी प्रश्न गर्नुभयो । “‘चिकित्सा शिक्षा सरकारको हुनुपर्छ भन्ने डा. केसी, आम जनताको मागलाई कुल्चनेर विजयी उत्सव मनाएको सरकारलाई बधाई छ। अब कांग्रेस संसदमा लड्छ, यो लडाइ लामो र महंगो हुन्छ”, नेता थापाको चेतावनी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू