अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१६ | Colorodo: 14:31

नेपाल र युएईबीच हुने सिरिजको ट्रफी सार्वजनिक, पहिलो खेल शुक्रबार

बिआरटीनेपाल २०७५ माघ १० गते ८:५१ मा प्रकाशित

नेपाल र युएईबीच हुने क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। युएईमा दुवै टोलीका कप्तानको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो। नेपाल र युएईबीच तीन एकदिवसीय र तीन टी–ट्वान्टी श्रृङ्खला हुँदैछन्। पहिलो एकदिवसीय खेल शुक्रबार नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि हुनेछ। प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ। प्रतियोगिताका लागि नेपाली टोली गत मंगलबार त्यसतर्फ प्रस्थान गरेको थियो।

नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय खेल खेल्नेछ। त्यसपछि माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ। एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृंखला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्रा्ष्ट्रिय शृखंला हुनेछ। सहभागी खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन्। त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा छन्। भीम अविनाश, पवन र सन्दिपले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउनुभएको छ । वैकल्पिकतर्फ भने ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी हुनुहुन्छ ।

प्रतिक्रिया