अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२० | Colorodo: 17:35

अमेरिकाद्धारा भेनेजुयलामा भएको सत्ता परिवर्तनलाई मान्यता प्रदान, सरकार विरोधी प्रदर्शन चर्कियो

बिआरटीनेपाल २०७५ माघ १० गते ८:५० मा प्रकाशित

अमेरिकाले भेनेजुयलामा सरकारविरुद्ध जारी प्रदर्शनका नेतृत्वकर्ता विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएको छ । राष्ट्रपति ट्रम्पले एक ट्वीट गर्दै मदुरोको नाजायज सरकारका कारण भेनेजुयलाका जनतालाई लामो समयदेखि समस्याको सामाना गर्नु परेकाले नेस्नल एसेम्बलीका अध्यक्षलाई अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गर्छु भनेर उल्लेख गर्नुभएको छ ।

नेस्नल एसेम्बलीका अध्यक्ष गोइदोले मौजुदा राष्ट्रपति निकोलस मादुरोविरुद्धको विरोध प्रदर्शनको नेतृत्व गरिरहनुभएको छ । भेनेजुयलामा हजारौं व्यक्ति विरोध प्रदर्शनमा उत्रिएका छन् । हिजो गोइदोले काराकासमा भएको प्रदर्शनमा आफैलाई कार्यकारी राष्ट्रपति घोषित गर्नुभएको थियो ।

यसै महिनाको सुरुमा मादुरोले राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालका सपथ लिनुभएको थियो । निर्वाचनका क्रममा उहाँले धाँधली गरेको आरोप लाग्दै आएको छ । मदुरोले शासनसत्ता सम्हालेसँगै भेनेजुयला केही बर्षयता आर्थिक संकटबाट गुग्रिरहेको छ । बढ्दो महंगी, खाना र औषधिको अभावमा लाखौं व्यक्ति भेनेजुयलाबाट पलायन भएका छन् ।

प्राप्त विवरणअनुसार सरकारको विरोधमा लाखौं व्यक्ति सडकमा उत्रिएर नाराबाजी गरिरहेका छन् । राष्ट्रपति मदुरोका समर्थकहरु पनि सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्युसमेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू