अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

भारतीय कांग्रेसमा निर्वाचनपूर्व महत्वपूर्ण परिवर्तन, महासचिवमा प्रिय‌ंका गान्धी

बिआरटीनेपाल २०७५ माघ ९ गते ९:०४ मा प्रकाशित

भारतमा लोकसभा निर्वाचनको पूर्वार्धमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले पार्टीको आन्तरिक संगठनमा महत्वपूर्ण फेरबदल गरेको छ । कांग्रेसले निर्वाचनको केही पहिले मात्रै अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गान्धीलाई आधिकारीक रूपमा राजनीतिक मैदानमा उतारेको छ ।

कांग्रेसले प्रियंकालाई महासचिव नियुक्त गरेर पूर्वी उत्तर प्रदेशको जिम्मेवारी दिएको छ। बुधबार महासचिव नियुक्त भएकी प्रियंकाले उक्त जिम्मेवारी फेब्रुअरी पहिलो हप्ताबाट सम्हाल्ने बीबीसीले जनाएको छ । प्रियंकासँगै मध्यप्रदेशका युवा नेता ज्योतिरादित्य सिन्धियालाई पनि महासचिवमा नियुक्त गरिएको छ । सिन्धियालाई पश्चिमी उत्तर प्रदेशको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, यसअघि कांग्रेसले युपीको जिम्मेवारीमा रहेका गुलाम नबी आजादलाई हरियाणा पठाइएको छ। त्यसैगरी केसी वेणुगोपाललाई प्रभावबाट संगठन महासचिवमा सरुवा गरेको छ। वेणुगोपाललाई अशोक गहलोत राजस्थानका मुख्यमन्त्री बनेपछि खाली रहेको स्थान दिइएको हो।

कांग्रेसभित्र भएको यो सांगठनिक परिवर्तनले उसको चुनावी माहोल थप मजबुद बनाउने विश्वास गरिएको छ । भारतीय जनता पार्टीले भने यो नियुक्तिलाई लिएर आलोचना गरेको छ । प्रियंकाको यो नियुक्तिलाई लिएर भारतीय राजनीतिमा विविध प्रतिक्रिया आइरहेका छन्। उनलाई सोनिया गान्धीको निर्वाचन क्षेत्र राय बरेलीबाट लोकसभा निर्वाचन उम्मेदवार बन्ने अड्कल काट्न थालिएको छ। सोनियाले भने पार्टीको औपचारिक राजनीतिबाट सन्यासको घोषणा गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू