अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३६ | Colorodo: 11:51

यूकेमा एनआरएनको ‘केन्ट काउन्टी परिषद्’ गठन

बिआरटीनेपाल २०७५ माघ ९ गते ८:३९ मा प्रकाशित

गैर आवासिय नेपाली संघ (एनआरएन) यूकेले रुद्र बहादुर थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद्’ गठन गरेको छ । एनआरएनको एक भेलाले थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद’ गठन गरेको हो । त्यस्तै, रूद्र बहादुर थापा संयोजक रहेको काउन्टी परिषदको समितिको सचिवमा होम गुरूंग र सदस्यहरूमा क्रमश जितेन्द्र चेम्जोगं, ईन्दिरा थापा, चित्र सुनुवार, जनक राई, सूर्य तामांग, चन्द्र गुरूंग चयन हुनु भएको छ । केन्ट काउन्टी अन्तर्गत मेडस्टोन, क्यान्टवरी, फक्स्टोन, डार्डफोर्ड र आसफोर्ड समेटिएको छ ।

भेला एनआरएन युकेको राष्ट्रिय समन्वय परिषदका अध्यक्ष योग कुमार फगामीको प्रमुख आतिथ्यतामा भएको थियो । एनआरएन युकेको विधान २०१७ को परिच्छेद ९ (ख ) को धारा ३०.९ मा काउन्टी शाखाहरू गठन हुने ब्यवस्था रहेको र युकेको नर्दन आयरल्याड, स्कटल्याण्ड र वेल्समा राज्य समन्वय समिति गठन भएको र राज्य समन्वय परिषद अन्तर्गत काउन्टी शाखाहरू बनाउने ब्यवस्था गरिएको अध्यक्ष फगामीले जानकारी दिनुभयो ।

नेपाल सरकारको नियमावली २०६४ र ऐन २०६६ को परिभाषाले २ बर्ष बढि नेपाल बाहिर रहेका सम्पूर्ण नेपाली एनआरएन भनिएकोले भूतपूर्व स्वतः एनआरएन भएकोले द्धिविधा हुनु नहुने अध्यक्ष फगामीकोे भनाई छ । कार्यक्रममा बोल्दै पूर्व महासचिव विजय विक्रम लिंगदेनले एनआरएन युके जनताको तह सम्म पुग्न काउन्टी तहमा ब्यापक विस्तार गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । परिषद्का सल्लाहकार सिरीप्रसाद लिम्बुले विधानमा ब्यवस्था भएबमोजिम काउन्टी शाखाहरू प्रभावकारी ढंगबाट निर्माण हुन नसक्नु दुखद कुरा भएको बताउनुभयो ।

कार्यक्रममा एनआरएन युकेका प्रवक्ता रमेश सारांकोटीले नव निर्वा्चित पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रम सगरमाथा गोर्खा नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष पपीराज राईको अध्यक्षता र एनआरएन अन्तर्राष्ट्रिय परिषदका पूर्व सदस्य विश्वास दीप तिगेलाले मध्यस्यथता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू