अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४७ | Colorodo: 21:02

डा. केसी पछि हट्नुको विकल्प छैन, विधेयक पारित हुन्छ – नेकपा सांसद भट्टराई

बिआरटीनेपाल २०७५ माघ ९ गते ८:२४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराईले प्रतिनिधिसभाको आगामी बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित हुने बताउनुभएको छ । उहाँले अनशनमा रहेका डा. गोविन्द केसी गलत बाटोमा रहेको पनि बताउनुभयो । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले माघ ११ गते बस्ने संसद बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने दाबी समेत गर्नुभयो ।

संसदमा प्रतिपक्षी दल कांग्रेसले गरेको विरोधका कारण यसअघि दुईपटक उक्त प्रस्ताव प्रस्तुत गर्ने प्रयास असफल भएको छ । अबको बैठकमा पनि विरोध जारी रहने कांग्रेसले जनाएको छ । सांसद भट्टराईले भने अबको बैठकबाट विधेयक पारित हुने दाबी गर्नुभएको हो ।

नेता भट्टराईले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभामुख भएको बेला पनि त्यसरी नै विधेयक पारित गरिएकाले अबको बैठकमा सोही अनुसार विधेयक अगाडि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले कांग्रेसले संसदको खिल्ली उडाएको आरोप पनि लगाउनुभयो । सांसद भट्टराईले डा. गोविन्द केसीको अनशन गलत भएको पनि दाबी गर्नुभएको छ ।

डाक्टर केसी गलत बाटोमा रहेकोले अब उहाँ पछि हट्नुको विकल्प नरहेको भट्टराईले ठहर गर्नुभयो । डा. केसीले उठाएका सबै माग विधेयकमा समावेश भैइसकेको उल्लेख गर्दै सांसद भट्टराईले द्वन्द्वकालिन मुद्दा उठाएर केसीले गल्ती गरेको पनि तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू