अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३३ | Colorodo: 00:48

डा. केसीको समर्थन गर्दै आवासीय चिकित्सकद्वारा प्रदर्शन

बिआरटीनेपाल २०७५ माघ ९ गते ८:२३ मा प्रकाशित

विगत १५ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरुले “मेडिकल माफिया होसियार हामी चुप बस्दैनौं, दुई तिहाइ पायो भन्दैमा जनता मार्न पाइँदैन, बहुमत दिने जनता फाइदा लुट्ने माफिया, डा. केसीको मागलाई नगर है बेवास्ता उर्लेर आए जनता फेर्दिन्छन् है व्यवस्था” लगायतका नारा लगाएका थिए । आवासीय चिकित्सकहरुले बुधबार टिचिङ अस्पतालबार्टे याली निकालेका हुन् ।

समितिले पारित गरेको विधेयक संशोधन हुनुपर्ने माग राख्दै डा. केसी १५ दिनदेखि अनसनमा बस्नुभएको छ । संसदमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको भएता पनि कांग्रेसको विरोधले पटकपटक बैठक अवरूद्ध हुँदै आएको छ । प्रतिपक्ष दल विधेयक पारित नगराउने सोचमा छ भने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी भने प्रतिपक्षीलाई पेलेरै विधेयक पारित गर्ने तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू