अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

डोल्पा लगायतका सुदरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित

बिआरटीनेपाल २०७५ माघ ८ गते ८:५८ मा प्रकाशित

हिमाली जिल्ला डोल्पा, हुम्ला, बैतडी लगायतका सुदुरपश्चिमा जिल्लाहरुमा मंगलबार बिहानैबाट भारि हिमपात भएको छ । धेरै बर्ष पछि डोल्पा सदरमुकाम दुनैमा दिनभर हिमपात भएको हो । माथिल्लो डोल्पाको अधिकाँश भुभागमा राति देखिनै हिमपात भएपनि तल्लो डोल्पाको सबै क्षेत्रमा भने बिहान७ बजे पछि मात्रै हिउ जम्न थालेको थियो । बिहान देखि परेको हिउले जनजीवन कष्टकर भएको छ ।

माथिल्लो डोल्पामा करिव २ फिट सम्म हिउजमि सकेको शे–फोक्सुण्डो गााउपालिका साल्दाङका कार्माछिरिङ लामाले जानकारी दिए । तल्लो डोल्पामाभने एक फिटभन्दा धेरै हिउ जमेको छ भने सदरमुकाम दुनै र त्रिपूराकोट बगरमा ३ इञ्चसम्म हिउ जमेको हो ।

करिव ४ बर्ष पछि डोल्पाको सदरमुकाम दुनै सम्म माघ महिनामा दिनभर हिमपात भएको हो । बिहान देखि हिमपात भएपछि सरकारी कार्यालयका कामकाज समेत प्रभाबित भएका छन । हिमपात सँगै डोल्पाको जनजिवन कष्टकर बनेको छ । गाइबस्तुलाइ घास पानि गर्न कठिन भएको जगदुल्ला गाँउपालिकाका कृषक हरिबहादुर थापाले उल्लेख गर्नुभयो । उहाँका अनुसार राति देखि हिमपात भएको छ चिसोले घरबाट निष्कन कठिन भएको छ ।

माघको महिनामा नै हिमपात हुनु सकारात्म सन्देश भएको स्थानीय प्रेमबहादुर लामाको भनाई छ । उहाँले हिउदको महिनामा जति हिमपात भयो त्यति नै खेति राम्रो हुने बताउनुभाये । माघमा परेको हिमपातले कृषकमा भने खुसियाली छाएको छ । दिनभर हिमपात भएको कारण दुनै जुफाल चल्दै आएका जिपहरु पनि बन्द भएका छन भने यात्रागर्ने यात्रु समेत रोकिएका छन । बिहान देखि परेको हिमपातको कारण डोल्पाको जुफाल बिमानस्थल समेत अबरुद्ध भएको छ ।

बिहानै आधा फिट हिउ जमेपछि डोल्पाको जुफालमा कुनै पनि बिमानले उडान नभरेको गोमा यएरका स्टेशन ईन्चार्ज पूर्णजँग शाहीले जानकारी दिनुभयो । निरन्तर परेको हिमपात यहि रफतारमा परेको खण्डमा सदरमुकाम दुनै सम्म करिब एक फिट भन्दा धेरै हिउजम्ने अुनमान स्थानीयले गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू