अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२१ | Colorodo: 02:36

काठमाण्डौंको गोंगबुमा गोली चल्यो, १ जना घाईते

बिआरटीनेपाल २०७५ माघ ८ गते ८:५२ मा प्रकाशित

प्रहरीले संदिग्ध व्यक्ति खोज्ने क्रममा काठमाडौंको गोंगबुमा गोली चलाएको छ । मित्रनगरस्थित होटल लक पुगेको प्रहरीले गोली चलाउँदा एक व्यक्ति घाइते भएका छन् ।

प्रहरीका अनुसार, गेष्ट हाउसमा रहेका काभ्रेका अभिलास तामाङले प्रहरीलाई गोली चलाएपछि जवाफी फायरिङ गर्दा तामाङ घाइते भएका हुन् । देब्रे खुट्टामा गोली लागेर घाइते तामाङको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

सूचना पाएर प्रहरी उक्त स्थानमा पुग्दा तामाङले गोली हानेका हुन् । होटलको कोठा नम्बर १०४ मा यो घटना भएको हो । तामाङका साथबाट प्रहरीले एक थान पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू