अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

डा. केसीको जीवनरक्षा गर्न मानवअधिकार आयोगको आग्रह

बिआरटीनेपाल २०७५ माघ ८ गते ८:४५ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगले सरकार र चिकित्सक डा. गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले चिकित्सा शिक्षासम्बन्धी विगतमा गरेका सम्झौताहरुलाई गम्भीरतापूर्वक लिएर वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ ।

आयोगको टोलीले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको र डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हुँदा उनको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी १४ दिनदेखि अनशनरत् हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू