अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३८ | Colorodo: 16:53

निर्मला हत्या प्रकरणमा बम दिदीबहिनी निर्दोष छनः प्रहरी प्रवक्ता सुवेदी

बिआरटीनेपाल २०७५ माघ ८ गते ८:३३ मा प्रकाशित

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले निर्मला पन्त हत्या प्रकरण मा नाम मुछिएका बम दिदिबहिनीहरु निर्दोष रहेको बताउनुभएको छ । काठमाडौंमा मंगलवार आयोजित साक्षात्कारमा वोल्दै सुवेदीले वम दिदिबहिनी निर्दोष रहेको स्पष्ट पार्नुभएको हो । निर्मला हत्या प्रकरण संगठनका लागि प्रतिष्ठाको विषय भएकाले उच्च प्राथमिकताका साथ अनुसन्धान भइरहेको सुवेदीले बताउनुभयो ।

प्रवक्ता सुवेदीले भन्नुभयो, “यो प्रकरणमा हाम्रो संगठनले मेहनत र इमानदारपूर्वक अनुसन्धान गरिरहेको छ । यो प्रकरण हाम्रो संगठनको लागि पनि प्रतिष्ठाको विषय हो । हामीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छौँ ।”

प्रवक्ता सुवेदीले निर्मला हत्या प्रकरणमा संगठनलाई कुनै पनि राजनीतिक दबाब नआएको स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो, “राजनीतिक प्रभाव अथवा दबाबले कुनै घटनालाई यति समयसम्म नेपाल प्रहरीले सहेर, कुनै व्यक्तिले कहिलेकाहीँ कुनै अमुक केशमा कुनैमा सहेको होला, संस्थाले कहिल्यै पनि पनि सहँदैन । त्यसमा पनि यो केशमा कतैबाट दबाब आएकै छैन ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू