अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

सरकारविरूद्ध नेविसंघको प्रदर्शन

बिआरटीनेपाल २०७५ माघ ८ गते ८:२९ मा प्रकाशित

वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सहमतिविपरीत ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गराउन खोजेको भन्दै नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्दै सरकारविरूद्ध प्रदर्शन गरेको छ ।
सरकारले मंगलबारको प्रतिनिधिसभा बैठकमा सो विधेयक पारित गराउने प्रयास गरेपछि त्यसको विरोधमा प्रमुख प्रतिपक्ष कांग्रेसमा आवद्ध नेविसंघले निषेधित क्षेत्र तोड्दै सरकारविरूद्ध प्रदर्शन गरेका हुन् ।

त्यसक्रममा उनीहरूले जिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न माग गर्दै सरकारविरूद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेका नेविसंघका कार्यकर्तालाई लखेटेको थियो । कांग्रेसले सो दुई अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न दबाब दिँदै सोमबारबाट संसद बैठक अवरूद्ध पारिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू