अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 01:23

घुस नखाएका कारण जिम्मेबारीविहीन हुनुपरेको सहसचिव पाण्डेको दावी

बिआरटीनेपाल २०७५ माघ ८ गते ८:२० मा प्रकाशित

नेपाल सरकारका वरिष्ठ सहसचिव राजनराज पाण्डेले आफूले घुस नखाएका कारण कुनै काम नगरेको र जिम्मेवारीविहीन रहेको जनाउनुभएको छ ।

पाण्डेले आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा आफू घुस नखाने कर्मचारी भएकाले मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ ।

पाण्डेले भर्नुभएको कार्यसम्पादन मुल्याकंन फारममा आफूले ६ महिनादेखि कुनै जिम्मेवारी नपाएको उल्लेख छ । पाण्डे गत भदौ २१ गतेदेखि खानेपानी मन्त्रालयमा हाजिर हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू