अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

१० लाख रुपैयाँ धरौटी बुझाएर पूर्व गभर्नर रावल रिहा

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:५३ मा प्रकाशित

पोलिमार नोट छपाइमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावल १० ला रुपैयाँ धरौटी बुझाएर रिहा हुनु भएको छ । उहाँसँगविशेष अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको थियो । डा रावल आज विशेष अदालतमा उपस्थित हुनु भएको थियो ।

गत पुस ५ मा रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । नोट छपाइमा २ करोड ७३ लाख भ्रष्टाचार भएको ठहर गर्दै जनही ९१ लाख ९ हजार बिगो कायम गरी रावलसहित राष्ट्र बैंकको नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’का नेपाली प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर भएको थियो ।

आर्थिक वर्ष ०५८/५९ मा अस्ट्रेलियाको केन्द्रीय बैंक मातहतको ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’मार्फत १० रुपैयाँ दरका ५ करोड थान नोट छापिएको थियो । मिलेमतोको आधारमा सो कम्पनीलाई ठेक्का दिइएको र कमसल नोट छपाइ गरेको अख्तियारको अभियोग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू