अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

पार्टी भित्रको गुटवन्दी नेतृत्वले व्यवस्थापन गर्नुपर्छः कांग्रेस नेता पौडेल

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:५० मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सिद्धान्त र व्यवहारको संयोजन भएकोले विचारमा गुटबन्दी हुने बताउनुभएको छ । विचारमा फरक मत हुने भए पनि त्यसको व्यवस्थापन नेतृत्वले गर्नुपर्ने पौडेलले बताउनुभयो । पौडेलले नेकपा दुई तिहाईको दम्भका कारण गलत बाटोमा हिँडिरहेको आरोप समेत लगाउनुभएको छ ।

सोमबार पाल्पामा पार्टीका कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले कार्यकर्ताले नेतालाई दोष लगाउनुभन्दा नेतालाई खबरदारी गर्नुपर्ने बताउनुभयो । पार्टी्भित्र विचारमा वादविवाद, संवाद, एकता, प्रतिवाद सामान्य विषय भएको उहाको भनाई थियो । उनले गत महासमितीको बैठकले पार्टीलाई लोकतान्त्रिक बनाउने कार्य गरेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कांग्रेसलाई क्यान्सर लागेको बताउनुभयो कांग्रेस आफ्नै कारणले गलत बाटोमा अगाडी बढीरहेको उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू