अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

स्याङजाको जामुनेडाँडा माविलाई विरुवा गाउँपालिकाले १० लाख प्रदान गर्ने

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:४९ मा प्रकाशित

स्याङजा जिल्लाको विरुवा गाउँपालिका वडा नम्बर २ मोचाबारी स्थित जामुनेडाँडा माध्यामिक विद्यालय लाई विरुवा गाउँपालिकाले १० लाख प्रदान गर्ने भएको छ । विद्यालयमा जारी ज्ञान महायज्ञमा गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माले गाउँपालिकाका तर्फबाट १० लाख दिने घोषणा गर्नुभएको हो ।

गाउँपालिका प्रमुख शर्माले विद्यालयलाई महायज्ञका दौरान आर्थिकसँगै भौतिक सहयोग पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । भौगलिक हिसाबले समेत शुन्दर रहेको बिरुवा गाउँपालिकाको बिकास गर्ने दायित्व समग्र गाउँपालिकाबासीकै रहेको शर्माको उहाँको भनाई थियो । शर्माले गुणस्तरिय शिक्षा प्रदान गर्न सके अब्बल बिद्यार्थी उत्पादन हुने बताउदै समृद्धिमा उक्त बिद्यार्थीहरुको भुमिका अहम् हुने बताउनुभयो ।

कार्यक्रममा एनआरएनए बेलायतका उपाध्यक्ष प्रेम बहादुर आले, गाउँपालिकाका उपप्रमुख देवी कुमारी थापा, बिरुवा गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत भेषराज आचार्य लगायतले बोलेका थिए । मातृभाषा तथा प्राबिधिक शिक्षा (वागवाणी बिज्ञान) सञ्चालनार्थ जारी सो महायज्ञमा आगामी ११ गते सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू