अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

बलात्कार आरोपी वडाध्यक्षद्वारा प्रहरी समक्ष आत्मसमर्पण

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:४७ मा प्रकाशित

२ महिनादेखि फरार रहेका बलात्कार आरोपी वडाअध्यक्षले अन्ततः प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । स्थानीय एक युवतीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष कृष्ण रेग्मीले सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका हुन् ।

रेग्मीका वडाबासी एक युवतीले रेग्मी विरुद्व गएको मंसिर ३ गते आफूमाथि पटक पटक बलत्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनलाई खोजी गरेको थियो । युवतीले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले रेग्मी विरुद्व पक्राऊ पुर्जी समेत जारी गरेको थियो । रेग्मीलाई अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रकृया अगाडी बढाइने जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू