अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

देशमा ठूलो संकटको खतरा – राप्रपा अध्यक्ष थापा

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:४४ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले देशमा ठूलो अस्थिरता, अराजकता र बिखण्डनको खतरा रहेको बताउनुभएको छ । गृहनगर हेटौंडामा सोमबार पत्रकारसँग कुराकानी गर्दै उहाँले ठुला दल र नेताहरुले गलतलाई सच्याउने आँट नभएकाले देशमा संकट आउने चेतावनी दिनुभयो ।

हत्या र बलात्कार काण्डमा सरकारमा सहभागी दलकै नेताहरुको संलग्नता रहेको चर्चा भईरहेपनि सरकारले चासो नदिनु दुःखद रहेको अध्यक्ष थापाको भनाई थियो । देशमा तिब्र रुपले भ्रष्ट्राचार र ब्रम्हलुट बढेको बताउँदै उहाँले आफुले एक पैसा भ्रष्ट्राचार नगरेको तर्क समेत गर्नुभयो ।

काँग्रेसले कम्यूनिष्टको बिरोध गरेपनि कम्यूनिष्टको एजेण्डा बोकेर कम्यूनिष्टकै बिकल्प बन्न नसक्ने उहाँले दाबी गर्नुभयो । कांग्रेसको स्थापना र संस्थापक नेताहरुले राजतन्त्रसहितको प्रजातन्त्रलाई आत्मसाथ गरेकाले हिन्दु राष्ट्रसँगै राजतन्त्रको एजेण्डामा एकमत हुनुपर्ने उहाको भनाई छ ।

अर्को प्रशंगमा अध्यक्ष थापाले यही रफ्तारमा धर्म परिवर्तन हुँदै गए नेपाल धार्मिक द्वन्दको डरलाग्दो चक्रब्यूहमा फस्न सक्ने खतरा औल्याउनुभयो । हिन्दु, बौद्ध र किराँत धर्मको साझा स्वरुप सनातन धर्मको संरक्षण र सम्बद्र्धनका लागि हिन्दु राष्ट्र पुर्नस्थापनाको विकल्प नभएको उहाँको तर्क छ । बिगतमा धर्म निरपेक्षता ल्याउने क्रममा आदिवासी जनजाति र ब्राम्हण क्षेत्रीबीच झगडा ल्याउने काम भएकाले सम्बन्ध सुधार गर्न पहल गर्ने राप्रपा अध्यक्ष थापाले बताउनुभयो । राप्रपाले फागुन ७ गतेबाट हिन्दु राष्ट्र पुर्नस्थापना लगायतका माग राखी जनसंघर्ष गर्ने थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू