अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

फ्रान्समा सरकार विरोधी आन्दोलन झन चर्कियो, राष्ट्रपतिको राजीनामा माग

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:३६ मा प्रकाशित

फ्रान्समा जारी सरकार विरोधी आन्दोलन झन् चर्कंदै गएको छ । राजधानी पेरिसमा भेला भएका पहेंलो वस्त्रधारी हजारौं प्रदर्शनकारीले राष्ट्रपति इम्यानुएल म्याक्रोनविरुद्ध चर्को नारा लगाउनुका साथै राजीनामा माग गरेका छन् । प्रदर्शनकै क्रममा १ सय भन्दा बढी पक्राउ परेका छन् ।

पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन नवौं चरणमा प्रवेश गर्दासमेत सरकारले चासो नदेखाएको भन्दै प्रदर्शनकारीहरुले आन्दोलन झन् चर्काउने बताएका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र टियर ग्यास प्रहार गरेका छन् । जसका कारण कयौं प्रदर्शनकारी घाइते भएका छन् ।

राजधानी पेरिस केन्द्रित गर्दै प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरुले फ्रान्सको अर्को शहर बोर्देएक्स र ताउलोसमा पनि एकै साथ प्रदर्शन गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । पछिल्लो समय प्रदर्शनकारीहरुको संख्या झन बढ्दै गएको छ । प्रदर्शनमा अप्रिय घटना हुन नदिन ८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू