अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

माघ १८ गतेबाट नेपाली चलचित्र ‘गोपी’को प्रदर्शन

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:३४ मा प्रकाशित

नेपाली चलचित्र ‘गोपी’ को रिलिज माघको १८ गतेबाट हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘गोपी’ को युनिटले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी गराएको हो । आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्र ‘गोपी’ मा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन् । पोखरामा भने ‘गोपी’ फिल्म युनिटका नायक विपिन कार्की, नायिका वर्षा राउत, कार्यकारी निर्माता श्रीधर पौडेल, पट कथा लेखक सामिप्यराज तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।

चलचित्रको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले फिल्म अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले बताउनुभयो । आफ्नो पहिलो चलचित्र ‘घामपानी ले जस्तै ” गोपी ” ले दर्शकलाई सन्तुष्ट बनाउने दावी लामाको छ । एम.ए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा चलचित्रमा समेटिएको पटकथा लेखक सामिप्यराज तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया