अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०९ | Colorodo: 22:24

काँग्रेसको अवरोधपछि संसद बैठक स्थगित, प्रतिपक्षका माग सम्वोधन गर्न सभामुखद्धारा सरकारको ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:२७ मा प्रकाशित

नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । काँग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरू केन्द्र सरकार मातहत नराखेको विरोधमा काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

बैठकको सुरुमै काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसका नेताहरू को नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न लागिएको आरोप लगाउनुभयो । संसद बैठकमा गच्छदारले गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग पनि गर्नुभयो ।

यसैबीच सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल काँग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै काँग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू