अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

राष्ट्रिय सभा बैठक १४ गतेसम्मलाई स्थगित

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:२६ मा प्रकाशित

नेपाली कांग्रेसले दोस्रोपटक पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेपछि बैठक आगामी १४ गते सोमबारसम्मलाई स्थगित भएको छ । नेपाली कांग्रेसका सांसदहरुले आफ्नो ठाउँमा उठेर बैठक अवरुद्ध पारेपछि सभाध्यक्ष गणेश तिमल्सिनाले आजको बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै आगामी १४ गतेसम्मलाई स्थगित भएको बताउनुभयो ।

तिमल्सिनाले सांसदलाई पटकपटक आसन ग्रहणको लागि आग्रह गर्नुभएको थियो । बैठक सुचारु गर्न कठिनाइ भएकोले आसन ग्रहण गर्न आग्रह गरेपनि कांग्रेस सांसदहरु आफ्नो ठाउँमा उभिएर अवरोध गरिरहेका थिए । ३० मिनेटसम्म चलेको पहिलो बैठकमा पनि प्रतिपक्षी सांसदले उभिएर बैठक अवरुद्ध पारेपछि सभा अध्यक्ष गणेश तिमल्सिनाले ३० मिनेटको लागि बैठक स्थगित गरिएको घोषणा गर्नुभएको थियो ।

नेपाली कांग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू