अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

साउदीमा दुर्घटनामा परि ज्यान गुमाएका नेपालीको परिवारलाई आर्थिक सहयोग

बिआरटीनेपाल २०७५ माघ ६ गते ११:११ मा प्रकाशित

वैदेशिक रोजगारको लागि काठमाडौँ स्थित ब्लु स्काइ म्यानपावर मार्फत साउदी पुगेका नेपाली युवाको गत नोभेम्बर २७ मा आफैले चलाएको गाडी (फर्क लिफ्ट) ले किचेर मृत्यु भएको थियो । लगभग डेढ महिनाको अथक प्रयास र रियाद स्थित नेपाली राजदूतावासको सक्रियतामा पार्थिव शरीर गत जनवरी ७ मा स्वदेश पुगेको छ।

मृत्यु हुने युवा चापाकोट नगरपालिका- ४, भन्टाबारी स्याङ्जाका ३३ वर्षीय वेगबहादुर थापा (पदम) हुन । साउदी अरब स्थित अल्मराई कम्पनीको central processing plant (CPP3) मा कामको सिलसिलामा आफैले चलाएको गाडी पल्टेर किचेको थियो र उपचारको क्रममा मृत्यु भएको थियो। यस दुखद परिस्थितिमा परिवारको लागि सहयोगार्थ भनी अल्मराई कम्पनीको विभिन्न शाखा अन्तर्गत अल्खर्ज सेल्स, CPP को विभिन्न डिपार्ट, फार्म डिभिजन, बेकरी डिभिजन, रियाद, हायल, जेद्दा साथै अल्खर्ज क्षेत्रको नेपाली एकता समाजबाट CPP को नेपाली कमिटीको विशेष पहलमा ७३,४०४ साउदी रियाल (नेपाली रुपैयाँ एक्काइस लाख अट्ठाइस हजार सात सय सोर्‍ह) सङ्कलन गरेर घरमा सासू बुहारीको नाममा हकवाला दुई छोराहरू राखेर नेपाल इन्भेष्टमेन्ट बैङ्कमा खाता खोल्न लगाई खाता न. 04105050274685 मा उठेको सम्पूर्ण रकम पठाइसकिएको छ।

स्व. यम बहादुर थापा र धनकुमारी थापाको छोरा मृतक वेगबहादुरको श्रीमती दुर्गा थापा, दुई छोराहरू दिलीप र दिप्सन थापा रहेका छन् भने उनको एक भाइ तथा तिन दिदीबहिनीहरू रहेका छन् । यस्ता कामहरू नेपाली कमिटीले गर्दै आएको छ र गरिरहने छ भनी कमिटीका सचिव नाथन शर्माले बताउनुहुन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू