अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

लिटिल स्टार अफ द इयर २०१९ को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित साख

कुबेर गिरी २०७५ माघ ६ गते १०:१२ मा प्रकाशित

काठमाडौँ – लिटिल स्टार अफ द इयर २०१९ को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र शोनित साखले चुम्न सफल भएका छन् । नेरिस्का (ग्रुप–ए), अभिनभ (ग्रुप–बि) र शोनित साख (ग्रुप–सी)तर्फको विजेता बन्न सफल भएका हुन् । सबै विजेताले शीर्ष उपाधिका साथमा विभिन्न गिफ्ट ह्याम्पर समेत हात पारे । 

७ देखि १४ वर्षसम्मका ६५ बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा ७ देखि ९ (ग्रुप ए), १० देखि १२ (ग्रुप बि) र १३ देखि १४ (ग्रुप सी) गरी भिन्न भिन्नै तीन समूह विभाजन गरिएको थियो ।

शनिवार अबेर साँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा ग्रुप(ए) तर्फ बेलिश्ना जिसी फष्टरनर अफ, एन्जेल बान्तवा सेकेन्ड रनरअफ, सुनिश्का मिश्रा, थर्ड रनरअफ र नेरिया न्यौपाने फोर्थ रनरअफ चुनिँदा ग्रुप (बि) तर्फ प्रिन्स प्रसिद्ध थापा, आरोन लाल श्रेष्ठ, राजा श्रेष्ठ, दीप सन भुजेल क्रममा फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनरअफ घोषित भए ।

त्यस्तै ग्रुप (सी) तर्फ भने पल्शा खड्का, आस्का श्रेष्ठ, आन्नया भट्टराई र युभानी लोहनी क्रममा फस्ट, सेकेन्ड, थर्ड, फोर्थ र फिफ्ट रनरफको उपाधि चुम्न सफल सफल भए ।

विभिन्न साङ्गीतिक तामझामका साथ आयोजित प्रतियोगितामा लिटिल स्टार आलिया पन्त, रियान चुशाकी, प्रक्रित केसी, लिटिल प्रिन्सेज संवृद्धि ओझा, लिटिल प्रिन्स प्रकृत केसी घोषित भए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूको सुनौलो भविष्य निर्माण तिर अग्रसर गराउने उद्देश्यले प्रतियोगिता केही वर्षदेखि नियमित आयोजना हुँदै आएको एनोवेसन इवेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक महेश केसीले जानकारी दिए ।

मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार वीरेन्द्र हमाल, तेन्जु योञ्जन, सन्तोष भुजेल लगायतको विभिन्न प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको कोडिनेटर गीता पुरी रहेकी थिइन् ।

ब्लू–क्रस अस्पतालका निर्देशक रजत श्रेष्ठ, अनुप शक्सेना, नृत्य निर्देशक कमल राई, कला सुब्बा, गोविन्द राई, रुक्सा वैद्य, आकाङ्क्षा भट्टराई, मिस्टर नेपाल २०१७ अक्क्ष जङ्ग रायमाझी अन्तिम स्पर्धामा निर्णायक रहेका थिए ।