अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

आयुष्मान र प्रियङ्काको ‘थोरै माया म दिउला´ सार्वजनिक (भिडियो सहित )

बिआरटीनेपाल २०७५ माघ ६ गते ९:४९ मा प्रकाशित

विवाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की अभिनीत नयाँ गीत ‘थोरै माया म दिउला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा दीपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको एकल शब्द रचनामा सङ्गीतकार राजन राज सिवाकोटीको सङ्गीत रहेको छ र यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।

सिनेमाटोग्राफर नवराज उप्रेतीले खिचेको अनि सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा प्रियङ्का र आयुष्मानको जोडी निकै आकर्षण देखिएको छ । सञ्चारकर्मी तथा चलचित्र ‘सुश्री सम्पत्ति’ का निर्देशक र म्युजिक भिडियो निर्देशनमा अब्बल निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।

VIDEO:

► Song : Thorai maya Ma Diula
► Vocal : Dipak Raj Pandey (DIRAPA)/Melina Rai
► Lyrics : Shakti Chhetri
► Music : Rajan Raj Shiwakoti
► Featuring : Priyanka Karki/Ayushman Deshraj
► Cinematographer : Nabaraj Upreti
► Choreographer : Surendra Basel (Suren)/Subol Thapa
► Chief Asst. Director : Saibrat Acharya
► Editor/Colorist : Nabin Niraula
► Arranger : Saahas Shakya
► Mixing : Shyamswet Rasaily (Prisma)
► Recordist : Kamal Baraili
► Director : Subrat Raj Acharya

प्रतिक्रिया