अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

संवैधानिक परिषद्द्धारा ५ संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:५१ मा प्रकाशित

संवैधानिक परिषद्को बैठकले ५ वटा संवैधानिक आयोगका अध्यक्ष नियुक्त गर्न सिफारिस गरेको छ । आइतबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले यस्तो सिफारिस गरेको हो ।

बैठकले राष्ट्रिय प्राकृतिक तथा वृत आयोगको अध्यक्षका लागि पूर्वसचिव बालानन्द पौडेललाई सिफारिस गरेको छ । त्यस्तै, समावेशी आयोगमा पूर्वसचिव शान्ताराज सुवेदी, मधेशी आयोगमा विजय कुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्षका लागि समिम अन्सारीलाई सिफारिस गरिएको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित रहनुभएको थियो । सिफारिस भएका अध्यक्षहरूको चाँडै नै संसदीय सुनुवाइ हुनेछ । सुनुवाई समितिले अनुमोदन गरेपछि उनीहरू नियुक्त हुनेछन् । आयोगका अन्य सदस्यहरू भने नियुक्त गर्न बाँकी रहेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री स्वीट्जरल्याण्ड भ्रमण जानुअघि बसेको परिषद् बैठकले सो सिफारिस गरेको हो । प्रधानमन्त्री आज विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू