अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

 नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:४३ मा प्रकाशित

थाइल्याण्ड टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा दोस्रो भएको नेपाली महिला क्रिकेट टोली आइतबार स्वदेश फर्केको छ । समूह चरणमा अपराजित र सेमिफाइनलमा इण्डोनेशियालाई हराएको नेपाली क्रिकेट टोली फाइनल खेलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । थाइल्याण्डमा शनिबार सम्पन्न फाइनल खेलमा थाइल्याण्डसँग ७० रनले पराजित भएपछि उपाधि विमुख बनेको नेपाल दोस्रो स्थानमा कायम रह्यो ।

शुक्रबार भएको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियालाई ९२ रनले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले तथा दोस्रो खेलमा मलेशियालाई ६ विकेटले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई छ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई नौ विकेटले पराजित गरेको थियो ।
अन्तर्रा्ष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजीक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पूरा हुन सकेन ।

यसअघि सन् २००७ मा पहिलो अन्तर्रा्ष्ट्रिय प्रतियोगिता एसीसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू