अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

प्रधानमन्त्री ओली स्विट्जरल्यान्ड प्रस्थान

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:४० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली स्विट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औं वार्षिक बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ । माघ ८ देखि ११ गतेसम्म हुने वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लाग्नुभएको हो । स्विट्जरल्यान्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नुहुनेछ ।

भ्रमण टोलीमा उहाँका पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडालगायतका उच्च अधिकारी रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू