अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

कंगोमा निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षीद्वारा दायर अपिल खारेज

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:३९ मा प्रकाशित

कंगोमा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ । नेता फेलिक्स सिसेकेडिको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउन माग गर्दै विपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको हो । निर्वाचन आयोगले धाँधली गरेको प्रमाणित गर्ने पर्याप्त आधार नरहेको भन्दै अदालतले विपक्षीको अपिल खारेज गरेको हो ।

नेता फेलिक्सले जित हात पारेको दाबी गरे पनि हालको प्रशासन विरोधी मार्टिन फायुलुले आफूले जितेको दाबी गर्दै आउनुभएको छ । हालका राष्ट्रपति जोसेफ कबिल र राष्ट्रपतिका प्रत्यासी फेलिक्सबीच शक्ति बाँडफाँडको सम्झौताका कारण निर्वाचनमा धाँधली भएको आंशकामा अफ्रिकन युनियनले समेत निर्वाचनको नतिजा तत्काल सार्वजनिक नगर्न आग्रह गरेको थियो ।

गत डिसेम्बर ३१ मा भएको निर्वाचनको नतिजाप्रति अफ्रिकन युनियनले गम्भीर चासो व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू