अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

युएईसँगको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:३३ मा प्रकाशित

संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।नेपालले आइतबार पारस खड्काको कप्तानीमा ३ वैकल्पिक खेलाडीसहित १६ सदसीय नेपाली टोलीको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मलित छनोट समितिले नेपाली टोलीको घोषणा गरेको हो । नेपालले प्रारम्भिक चरणमा छनोट भएका २० खेलाडीबाट १६ खेलाडी छनोट गरेको हो ।

युएईसँगको खेलका लागि चार युवा खेलाडीले सिनियर टिममा स्थान बनाएका छन् । अविनाश बोहरा,भिम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् ।नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने टिममा पर्नुभएको छैन । विरामी भएपछि शरदले नाम फिर्ता लिनुभएको हो । भेषवाकरलाई ठिक हुन ३–४ हप्ता लाग्ने बताईएको छ ।
यस्तै नियमित सदस्य ललित भण्डारी,बिक्रम सोब र सुशन भारी वैकल्पिकमा परेका छन् ।

टोलीका नियमित सदस्य तथा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेर भोली नेपाल आईपुग्नुहुनेछ । नेपाली टोली मंगलबार युएईतर्फ प्रस्थान गर्नेछन् । नेपालले युएईसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ ।

नेपालले माघ ११ देखि माघ २० सम्म युएईको भ्रमण गर्नेछ । नेपालले युएईसँग पहिले एकदिवसीय सिरिज खेल्नेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टी–ट्वान्टी सिरिज खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू