अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

मेलम्चीको ठेकेदार सिएमसी र सरकारबीचको सम्झौता रद्द गर्ने प्रक्रिया शुरु

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:३१ मा प्रकाशित

सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालीको सिएमसी कम्पनीसँग ठेक्का रद्दको प्रक्रिया अगाडि बढाएको छ । नयाँ वर्ष तथा क्रिसमस मनाउन इटाली गएका ठेकेदार र कर्मचारी काममा फर्केर नआएको र पठाएको पत्रको जवाफ पनि नदिएपछि सरकाले ठेक्का रद्दको प्रकिया बढाएको हो। सरकारले ठेक्का रद्दका लागि १४ दिनको अवधि राखेर सूचना जारी गर्ने भएको छ ।

सूचना अवधिमा ठेकेदार कम्पनी नआए ठेक्का स्वतः रद्द हुने मन्त्रायल स्रोतले जनाएको छ । ’रद्द गर्नलाई १४ दिनको सूचना दिनु पर्दाेरहेछ, सूचना जारी गर्ने निर्णय गरेका छौँ तर अब सिएमसीले यो आयोजना अघि बढाउँदैन’, मन्त्रालयका एक अधिकारीले भनेका छन् ।

मन्त्रालय स्रोतका अनुसार कम्पनीले राखेको धरौटी जफत गरिएको छ। यसअघि मेलम्ची खानेपानी आयोजनाको निमार्ण कम्पनीले सरकारले बैंक धरौटी रोक्का नगरोस भन्दै उच्चअदालत पाटनमा दिएको रिटमा अदालतले पुस ५ मा अल्पकालीन आदेश र पुस १२ मा अन्तरिम आदेशमा दिनु नपर्ने फैसला सुनाएको थियो।

एक महिना बित्दा पनि काममा नफर्की आयोजनासँग सम्पर्कमा समेत नआएकाले ठेक्का सम्झौता रद्द गरी बाँकी काम अघि बढाउने निर्णयमा मन्त्रालय पुगेको हो । सीएमसीसँग ठेक्का तोडिएपछि मेलम्ची निर्माणको ठेक्का अर्को निर्माण कम्पनीलाई टेन्डर दिइने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू