अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

नेपाली युवकले अमेरिकामा नक्कली बिहे गरेपछि…….

बिआरटीनेपाल २०७५ माघ ६ गते ८:३० मा प्रकाशित

अमेरिकामा स्थायी बसोबास (ग्रिनकार्ड) का लागि नक्कली बिहे गरेको आरोपमा एक नेपाली २ लाख डलर र ५ वर्षको जेल सजाय पाउने भएका छन् । क्यालिफोर्निया निवासी २७ वर्षीय इलोभ श्रेष्ठले गत वर्ष एक जना महिलालाई १३ हजार डलर तिर्ने गरी बिहे गरेको भन्दै अदालतमा मुद्दा दायर भएको छ ।

गत नोभेम्बरमा श्रेष्ठविरुद्ध मुद्धा दायर गरिए पनि गत सातामात्र उनलाई पक्राउ गरिएको हो । ६ महिनाको भिजिट भिसामा सन् २०१५ मा अमेरिका पुगेका श्रेष्ठलाई जनवरी ११ मा सान होजेको अदालतमा पेश गरिएको थियो । उनलाई अहिले ५० हजार डलर धरौटीमा रिहा गरिएको छ ।

श्रेष्ठको अर्को अदालती मुद्धा जनवरी २८ मा हुने जनाइएको छ । होमल्याण्ड सेक्युरिटीको अनुसन्धानबाट गत जुन १ मा २८ वर्षकी मरिना मुसुरो नामकी महिललाले विवाहसम्बनधी वेवसाइटमा रकम तिरेर ग्रिनकार्डका लागि विवाह गर्न चाहने व्यक्ति खोजेको भन्दै विज्ञापन हालेकी थिइन् ।

त्यसपछि श्रेष्ठले जुन १३ मा उनलाई इमेलमार्फत सम्पर्क गरेको र श्रेष्ठले १३ हजार डलर रकम तिर्ने सहमति भएपछि उनीहरुको जुन २५ मा विवाह भएको थियो । अदालती कागजात अनुसार श्रेष्ठले मुसुरोलाई ३ हजार डलर तिरिसकेका छन् । मुसुरोले अदालतमा आफ्नो अपराध स्वीकार गरिसकेकी छिन् । श्रेष्ठ यदी दोषी ठहरिएमा ५ वर्षसम्मको जेलसजाय र साढे २ लाख अमेरिकी डलर जरिवाना हुनसक्ने जनाइएको छ । दोषी पाइएका श्रेष्ठ देश निकाला पनि हुन सक्ने प्रावधान छ ।

प्रतिक्रिया