अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

गृह मन्त्रालयले नै उन्मुक्ति दियो ठगाहा ठेकेदारलाई

बिआरटीनेपाल २०७५ माघ ५ गते १८:५५ मा प्रकाशित

जाजरकोट –  गृह मन्त्रालयले काम नगर्ने ठेकेदारको सूची माग्यो । स्थानीय प्रशासनले एक साता लगाएर विवरण तयार गर्यो  र पठायो । त्यसपछि सात महिना बित्यो । अहिलेसम्म त काम अगाडि बढ्यो, न त ठेकेदारलाई कुनै कारबाही भयो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

जाजरकोटमा काम नगर्ने १४ जना ठेकेदारको नाम नोसीसहितको विवरण असारमै गृह मन्त्रालय पठाइएको थियो । जीएम कन्स्ट्रक्सन काठमाडौँ, डाँफे विशाल जेभी सुर्खेत, फ्रेन्ड्स कन्स्ट्रक्सन प्रालि काठमाडौँ, मालिका निर्माण सेवा एन्ड सप्लायर्स र लोहनी एनड ब्रदर्स बाँकेले सम्झौता अवधि सकिएको लामो समयसम्म पनि काम अलपत्र छोडेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू