अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

प्रथम एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख आतिथी

बिआरटीनेपाल २०७५ माघ ५ गते ९:१७ मा प्रकाशित

काठमान्डौ, प्रथम एपिक नेपाल म्युजिक अवार्ड काठमान्डौँको ठमेल स्थित छाया सेन्टरमा शुक्रवार सम्पन्न भएको छ । नेपाली गीत सङ्गीतका क्षेत्रका कलाकार, पत्रकार, प्राविधिकहरूका माझ मनोनयमा परेका सर्वोकृष्ट पाँचमा पर्न सफल भएका हरू मध्येबाट उत्कृष्ट सष्टा सर्जक छानिएका थिए । कार्यक्रममा सम्मानिय पूर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्तामा सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गदै दाहालले सर्वाधिक विधामा नेपालको पहिचान र लोक संस्कार र संस्कृतिको सम्मान गर्न विभिन्न समयमा अवार्ड लगायतका प्रतिस्पर्धा गरिनु निकै प्रशंसा युक्त काम भएको उहाँले बताउनुभयो । 

सो कार्यक्रममा नेपाली सुगम सङ्गीतका धरोहर भजन शिरोमणी भक्त्तराज आचार्य र वरिष्ठ लोक गायक कुमार बस्नेतलाई ‘लाइभ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो । “एपिक नेपाल पत्रकारिता सम्मान” बाट सम्मान गरिएको छ । जस अन्तर्गत न्युज २४ का रवि लामिछाने, रिपोटर्स क्लबका अधक्ष्य ऋषि धमला, रेडियो काठमाडौँ एफएमका चन्द्रमणि गौतम, अन्नपूर्ण दैनिकका अनन्त वाग्ले, नयाँ पत्रिका दैनिकका लक्ष्मण सुवेदी, कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई, डीस होम रमाइलो टिभीका विकास लामिछाने, नेवा अनलाइनका विजय रत्न तुलाधर, हिमालयन टाइम्सका गोपीकृष्ण चौलागाईं, सञ्चारकर्मी तथा गीतकार सानु श्रेष्ठ, सुन्दारादेवी सन्देश साप्ताहिकका किरण अधिकारी, एबिसी टेलिभिजनका विनोद बिक, टिभी टुडेका रमेश बस्नेत, मिलाप मासिककी गीता अधिकारी, म्युजिक खबरकी सविता पोखरेल, पावर न्युजका कमला जोशी, म्युजिक डायरीका तुलसी गिरी ‘भावुक’, ताजा खबर अनलाइनबाट कृष्णा आचार्य रोशनी, प्रकाश साप्ताहिकका दीपक पाण्डे र मिर्मिरे एफएमका राजु बोहरा, बाल गायिका स्मिता दाहाल सम्मानित भएका छन् ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागी आफूहरूले निकै मेहनत गरेको कार्यक्रम संयोजक राजेन्द्र पुरी ले बताउनुभयो । अवार्ड समारोहमा राष्ट्रिय भावका गीत तर्फ कला पंर्गेनी, राष्ट्रिय भावको जुरी अवार्ड तर्फ शीतल शर्मा, सर्वोकृष्ट लोक गीत बोल माया प्रकाश सपुत, सर्वोकृष्ट आधुनिक गीत रमेश राज भटटराई, लोकदोहोरी गायक खुमन अधिकारी, लोक दोहोरी गायिका पुर्णकला वि सी, लोकदोहोरी शब्द शिव हमाल, लोक दोहोरी लय कस्तुप पन्त, लोकदोहोरी मोडल अभिनय पुरुष विमल अधिकारी, लोकदोहोरी मोडल महिला मन्जिता केसी, लोकदोहोरी मोडल नृत्य पुरुष दिनेश थापा, लोक दोहोरी मोडल महिला बिषासा बिसी, लोकदोहोरी मोडल महिला पब्लिक च्वाइस रिना थापा मगर, सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक कपिल लामा, सर्वोकृष्ट लोकदोहोरी भिडियो निर्देशक नृत्य विक्रम चौहान, जुरी शङ्कर बिसी, सर्वोकृष्ट लोकदोहोरी भिडियो सम्पादक अविनाश डिसी, सर्वोकृष्ट आधुनिक मोडल पुरुष सनव कठायत, सर्वोकृष्ट आधुनिक मोडल महिला सगुन शाही, सर्वोकृष्ट आधुनिक निर्देशक देवेन्द्र पाण्डे, सर्वोकृष्ट आधुनिक भिडियो सम्पादक सायल खान छन् ।

त्यसै गरी सर्वोकृष्ट आधुनिक छायाकार मुकेश हुमाँगार्इँ, सर्वोकृष्ट आधुनिक शब्द आधुनिक एक नारायण भण्डारी, सर्वोकृष्ट आधुनिक सङ्गीतकार राजकुमार बगर, सर्वोकृष्ट पप गायिका सन्धा बुढा, सर्वोकृष्ट पप गायिका इन्दिरा भट्टराई, सर्वोकृष्ट पप गीत शब्द किरण चेम्जोङ, सर्वोकृष्ट पप सङ्गीत राजेन्द्र भटट्, सर्वोकृष्ट पप भिडियो निर्देशक अशोक विक, सर्वोकृष्ट पप मोडल पुरुष लोमस शर्मा, सर्वोकृष्ट पप गायक रोशन सिंह, सर्वोकृष्ट पप गायक जुरी अवार्ड रञ्जित लामा, सर्वोकृष्ट लोकदोहोरी नव मोडल अभिनय पुरुष ओवि रायमाझी, सर्वोकृष्ट नव मोडल अभिनय मोडल महिला साया भण्डारी, नव गायिका आधुनिक भावना आचार्य, जुरी अवार्ड सुस्मिता राई, सर्वोकृष्ट लोकदोहोरी नव गायक शिव कार्की, सर्वाधिक लोकदोहोरी नव गायिका सुन्तामी परियार, सर्वोकृष्ट काठे गायिका उमा श्रेष्ठ वेस्ट अवार्ड, काठे भाका प्रकाश कटुवाल, सर्वोकृष्ट देउडा गायिका लक्ष्मी आचार्य, सर्वोकृष्ट देउडा गायक बैकृुण्ठ महत, सर्वोकृष्ट पूर्वेली लोक गायक गङ्गा प्रसाद घिमिरे, सर्वोकृष्ट पूर्वेली लोक गायिका सत्य कला राई, सर्वोकृष्ट तामाङ सेलो गायक योगेश लामा, सर्वोकृष्ट तामाङ सेलो गायिका रेश्मा बोम्जन, साथै विभिन्न नव तथा विशिष्ट कलाकारहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन चर्चित उदघोषक दिनेश डिसीले गरेका थिए । कार्यक्रमलाई भव्य रूपमा मनाउनको लागी विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा पत्रकार , कलाकार एवम विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया