अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

बिल गेट्स ८ डलरको खाजा लिन फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएपछि…..

बिआरटीनेपाल २०७५ माघ ५ गते २:३३ मा प्रकाशित

संसारकै दोस्रो धनी व्यक्ति बिल गेट्सको एउटा तस्वीर अहिले सोसल मिडियामा भाइरल भएको छ । बिल गेट्स माइक्रोसफ्ट कम्पनीका उत्कृष्ट मालिक हुन् । गेट्स एक फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिइरहेको तस्वीर भाइरल भएको हो ।

उनी ८ डलरको बर्गर–फ्राई र कोकका लागि फास्ट फुड रेष्टुरेन्टको बाहिर लाइनमा उभिएका थिए । उनी बर्गर र कोकका पारखी हुन् । गेट्सको यो फोटो उनका कम्पनीका पूर्व कर्मचारी माइक गेलोसले गत मंगलबार फेसबुकमा सेयर गरेका हुन् । यसमा रातो रङको स्वेटर लगाएका गेट्स टोपी लगाएका एक व्यक्ति पछाडि उभिएका छन् । यो फोटो सिएटलको डिक्स ड्राइव–इन रेष्टुरेन्टको भएको बताइएको छ । गेट्स बर्गरका पारखी हुन् र उनी बेलेभ्युस्थित बर्गरमास्टरका निकै इमान्दार ग्राहक हुन् ।

माइक्रोसफ्टका पूर्व कर्मचारीको पेजको यो फोटो सेयर हुने बित्तिकै फोटो भाइरल भइरहेको छ । फोटोको मुनी गेलोसले लेखेका थिए, ‘ तपाईं अर्बौंका मालिक र देशको सबैभन्दा ठूलो च्यारिटी चलाउने व्यक्ति हुँदाहुँदै पनि बर्गर, फ्राई र कोकका लागि एउटा रेष्टुरेन्ट बाहिर साधारण मानिस सरह लाइनमा बस्नुहुन्छ ।’

गेलोसले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि पनि निशाना साँधेका छन् । उनले लेखेका छन्, ‘ वास्तविक धनी व्यक्तिले यस्तै व्यवहार देखाउँछन् न कि ह्वाइट हाउसको सुनको ट्वाइलेट सिटमा बसेर पोज दिन्छन् ।’ गेलोसका अनुसार बिल गेट्स कहिले पनि प्रचारको भोको रहेनन् उनी निकै मिलनसार छन् तर उनलाई थाहा छ कि उनलाई मानिसहरुले सेलिब्रिटीको रुपमा हेर्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू