अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा २१ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ माघ ५ गते २:०७ मा प्रकाशित

मेक्सिकोमा इन्धनको पाइपलाइनमा बिस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । घटनामा ७१ जना घाइते भएका छन् । मेक्सिकोको मध्य क्षेत्रको राज्य हाइडाल्गोमा सरकारी तेल कम्पनी पेमेक्सको पाइप लाइनमा बिस्फोट भएको हो ।

पाइपलाइन चुहिएपछि तेल लिन स्थानीय बासिन्दा पुगेका बेला आगो सल्किएर बिस्फोट भएको हाइडाल्गोका गभर्नर ओमार फायदले जानकारी दिएका छन् । दुर्घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । राज्य सरकारले पीडितलाई राहत दिने प्रतिबद्धता जनाएको छ । इन्धन चुहिनुको कारण खुलेको छैन । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू