अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

सरकारको हस्तक्षेप सैह्य हुँदैन– सभापति देउवा

बिआरटीनेपाल २०७५ माघ ५ गते १:४९ मा प्रकाशित

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा कर्मचारी, न्यायपालिका, सेना र प्रहरी स्वतन्त्र रहने भएकाले उनीहरुमाथि सरकारले हस्तक्षेप गर्न नहुने बताउनुभएको छ । सभापति देउवाले सरकारबाट कर्मचारीमाथि अनावश्यक हस्तक्षेप भएको भन्दै यसबिरुद्ध सदनदेखि सडकसम्म जान बाध्य नपार्न सरकारलाई चेतावनी दिनुभयो ।

सडकमा गएर मुलुकलाई ठप्प पार्न कांग्रेसले नचाहेको भन्दै सभापति देउवाले कर्मचारीमाथिको थिचोमिचो भने कांग्रेसले नसहने बताउनुभयो । ‘कांग्रेसलाई लोकतान्त्रिक मूल्यमान्यताबिरुद्धका कुनै पनि चिथोमिचो असह्य छ’ देउवाले भन्नुभयोे, ‘हामीलाई सडकमा जान बाध्य नपारियोस्।’
नेपाल निजामति कर्मचारी यूनियन (संघ) गण्डकी प्रदेशको शनिबार पोखरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले राजनीतिमुक्त कर्मचारीतन्त्र चाहिएको बताउनुभयो । स्वास्थ्य विधेयक, कर्मचारी समायोजनजस्ता नाममा हरेक क्षेत्रमा सरकारले हस्तक्षेप गरेको र कर्मचारीलगायत सेना, न्यायालय, प्रहरी पनि नियन्त्रण गरी पार्टीप्रति प्रतिबद्ध बनाउन खोजेको आरोप उहाको आरोप थियो । सेनामा र न्यायालयमा हस्तक्षेप हुनसक्ने सम्भावना बढेको भन्दै देउवाले यसलाई रोक्नेतर्फ लाग्ने बताउनुभयो ।

कांग्रेस नेताका नामबाट खोलिएका स्वास्थ्य संस्थाको नाम हटाउनु प्रजातन्त्र सिध्याउने खेल रहेको भन्दै सभापति देउवाले आफ्ना नेताको नाम सुन्न पनि अहिलेको सरकारलाई ‘एलर्जी’ भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा बोल्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मचारीको बृति विकासमा बाधा नहुने गरी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्मचारीले पनि आफ्नो दायित्व पूरा हुनेगरी काम गर्नुपर्ने उल्लेख गर्नुभयो । सरकारले प्रतिपक्ष र जनतालाई हेप्न थालेको भन्दै नेता पौडेलले यसविरुद्ध कांग्रेसले खबरदारी गर्नुपर्ने बताउनुभयो । सरकार सर्वसत्तावादतर्फ उन्मुख हँुदै गएकाले सडक र सदनबाट खबरदारी गर्नुपर्नेमा उहाँको जोड थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू