अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

प्रधानमन्त्री ओली आइतबार स्विट्जरल्याण्ड जाने

बिआरटीनेपाल २०७५ माघ ४ गते ७:३८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्विट्जरल्याण्डको डेभोस जानुहुने भएको छ । ’वर्ल्ड इकोनोमिक फोरम’ को ४९ औं वार्षिक बैठकमा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएको हो ।

फोरमको बैठक जनवरी २२ देखि २५ तारिकसम्म सञ्चालन हुनेछ। प्रधानमन्त्री ओलीले बैठकलाई २२ र २३ तारिकमा सम्बोधन गर्ने कार्यतालिका रहेको पराराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। स्विट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले राजनीतिक नेता तथा व्यवसायीहरुसँग समेत भेटघाट गर्नुहुनेछ ।

प्रधानमन्त्रीसँग उहाँकी पत्नी राधिका शाक्य समेत त्यसतर्फ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली जनवरी २६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू