अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

डा. केसीविरुद्ध अनशनः त्रिविमा आइसियु नपाएपछि विजय थापा माइतीघर मण्डलामा

बिआरटीनेपाल २०७५ माघ ४ गते ७:१३ मा प्रकाशित

डा. गोविन्द केसीको अनशनविरुद्ध आठ दिनदेखि उल्टै अनशनमा बसेका विजय थापा त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि आइसियु नपाएपछि माइतीघर मण्डलामा जानुभएको छ । शुक्रबार बिहान मात्र इलाम हुँदै झापाको भद्रपुर विमानस्थलबाट सेनाको हेलिकोप्टरमा उपचारका लागि काठमाडौं ल्याइएका थापालाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

डा. केसीलाई आइसियुमा राखिएको तर आफूलाई आकस्मिक कक्षमै राखेर उपचार सुरु गरिकोप्रति आपत्ति जनाउँदै थापा माइतीघर मण्डला जानुभएको हो ।

थापाका सहयोगी पुष्प भण्डारीका अनुसार विजय केहीबेरअघि मातीघर जानुभएको हो । केसीको अनसनविरुद्ध अनशन बस्न थापा आठ दिनअघि इलाम पुग्नुभएको थियो । केसीलाई काठमाडौं ल्याइएपछि उहाँलाई पनि ल्याइएको हो।  माइतीघर मण्डलामा केसी समर्थकले शनिबार दिउँसो प्रदर्शनको तयारी गरेका छन्। थापाको अनशन त्यही सुरु भएपछि झडपको सम्भावना बढ्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू