अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३२ | Colorodo: 17:47

प्रधानमन्त्रीप्रति श्रेष्ठको कटाक्ष – ’संघीयता भनेकै ’बोकाको टाउकोमा भैंसीको सिंङ’

बिआरटीनेपाल २०७५ माघ ४ गते ६:५७ मा प्रकाशित

संघीय समाजवादी फोरम नेपाल सह अध्यक्ष राजेन्द्र श्रेष्ठले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्नुभएको छ । सहअध्यक्ष श्रेष्ठले नेकपाप्रति कटाक्ष गर्दै भन्न्ुाभयो, ’संघीयता भनेकै बोकाको टाउकोमा भैंसीको सिंङ हाल्या जस्तो हो’ भन्दै सरकारको नेतृत्व गर्ने पार्टी नै संघीयताको मर्म र भावनाअनुसार नचलेको बताउनुभएको हो ।

संघीय प्रेस फोरम कपिलवस्तुले शुक्रबार तौलिहवामा राखेको पत्रकार सम्मेलनमा सहअध्यक्ष श्रेष्ठले संघीयता कार्यान्वयनको सन्दर्भमा संसाफोने सरकारभित्र अन्तरसंघर्ष गर्दै सही मार्गमा लैजाने बताउनुभयो । नेता श्रेष्ठले सत्तापक्षकै अधिकांश नेता संघीयता कार्यान्वयनकै सवालमा अतालिएको टिप्पणी समेत गर्नुभएको छ । नेता श्रेष्ठले ससफो, नेपाल वैचारिक र राजनीतिक रूपमा नै सबै पार्टीको विकल्प भएको भन्दै आफ्नो पार्टीसँग एक्काइसौँ शताब्दीमा नेपाली विशेषताको संघीय प्रणाली र समाजवाद निर्माण गर्ने दूरदृष्टि रहेको जिकिर गर्नुभयो ।

सत्तारुढ दल संघीय समाजवादी फोरमले संसदको हिउँदे अधिवेशनबाटै संविधान संशोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्मरण गराइसकेको जनाउनुभयो । सरकारले जनतालाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउन नसकेकोमा समेत ध्यानाकर्षण गराउँदै फोरमले सम्हालेका मन्त्रालयको काममा प्रभावकारिता बढाउन प्रधानमन्त्रीको सहयोग माग गरिएको नेता श्रेष्ठको धारणा छ । सत्तामै बसेर आन्दोलनमा होमिंदा आउने प्रभावका विषयमा पत्रकारको जिज्ञाषामा उहाले ’नेपालको संघीयता समस्याग्रस्त रहेको र संविधान संशोधनमा सरकारले अघोषित प्रतिबन्ध लगाएको आरोप लगाउनुभयो । उहाँले केन्द्र र प्रदेशबीच अन्तरसरकारी परिषद्को बैठक बस्नु पर्नेमा जोड समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू