अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

विदेशमा जम्मा गर्न एक डलर पनि लगेको छैन – उपेन्द्र महतो

बिआरटीनेपाल २०७५ माघ ४ गते ५:५३ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यध उपेन्द्र महतोले विदेशमा लुकाउनका लागि आफूले नेपालबाट एक डलर पनि नलगेको स्पष्ट पार्नुभएको छ । खोज पत्रकारिता केन्द्रको केही दिन अघिको नेपालिक्समा विदेशमा अर्बौँ रुपैयाँ लुकाउने नेपालीमध्येको सूचीमा आफ्नो नाम पनि आएपछि महतोले विदेशमै कमाइ गरेको पैसा त्यतै जम्मा गरेको जिकिर गर्नुभएको हो ।

महतोले आफू लामो समयदेखि विदेशमा रहेका नेपालीको लागनी मातृभूमिमा ल्याउने काममा सक्रिय रहेको बताउँदै महतोले आफूले गरेको लगानी पनि विदेशबाटै ल्याएको बताउनुभएको छ । ‘मैले नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको हुँ र अझै ल्याउने दृढ संकल्प र समर्पणका साथ काम गरिरहेको छु’, महतोले भन्नुभएको छ , ‘मैले नेपालमा जे/जति लगानी गरेको छु, नेपालीकै नाताले लगानी गरेको छु । नेपालमा कुनै पनि परियोजनामा मैले विदेशीको नाताले लगानी गरेको छैन ।’

महतोले आफूले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट एक डलर पनि नलगेको पनि बताउनुभयो । ‘न विदेशमा जम्मा गर्न न विदेशमा लगानी गर्नका लागि, न त रेमिट्यान्सका रुपमा नेपालबाट एक डलर पनि लिएर गएको छैन’, म अन्तर्रा्ष्ट्रिय व्यापार–व्यवसायमा छु । म व्यवसायमा भएको हुनाले मेरो परिवार खासगरेर भाई डा. विरेन्द्र प्रसाद महतो र बहिनी जुली कुमारी महतोको नाम जोडिदिँदा मलाई दुःख लागेको छ ।’ महतोले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू