अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

लिबियामा ५ जना नेपाली गुण्डा समुहद्धारा बन्धक बनाईए

बिआरटीनेपाल २०७५ माघ ४ गते ४:५७ मा प्रकाशित

लिबियामा पाँच जना नेपाली बन्धक भएका छन् । आफुहरुलाई स्थानिय गुण्डा समूहले बन्धक बनाइएको भिडियो पीडितहरूले परिवारलाई पठाएका छन् । भिडियोमा उनीहरूले आफूहरूलाई बन्दुक तेस्र्याएर मार्ने धम्की दिने गरिएको जनाएका छन् ।

उनीहरूलाई मानव तस्करले इटाली लैजाने भन्दै लिबिया र्पुयाएका हुन् । लिबियालाई मानव तस्करले युरोप तथा अमेरिका लैजाने मुख्य ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेका छन । एक मिनेटको भिडियोमा उनीहरूले कोठामा १४ पाकिस्तानीसमेत रहेको जनाएका छन । ‘हामीलाई कोही नभएको एउटा कोठामा बन्धक बनाएर राखेका छन । बेला–बेला सानो भाँडामा दाल र चामल मिसाएर खाना खान दिने गरेको छ । सबैले त्यही भाँडाबाट हातले झिकेर खानुपर्छ,’ भिडियोमा भनिएको छ, ‘यहाँ को–को माफिया छन् । थाहा छैन । कुट्ने, पिट्ने गर्छ । समय–समयमा बन्दुक तेस्र्याएर मारिदिन्छु भन्दै धम्की दिन्छ ।’

लिबिया हेर्ने इजिप्टस्थित नेपाली दूतावासले उनीहरूको उद्धारका लागि अन्तर्रा्ष्ट्रिय आप्रवासन संगठन (आईएमओ) को इजिप्टस्थित क्षेत्रीय कार्यालय र लिबियाली दूतावाससँग समन्वय गरिएको जनाएको छ । दूतावासका प्रवक्ता सुजन बिडारीले बन्धक बनाइएका युवासँग म्यासेन्जरमा शुक्रबार बेलुका मात्रै सम्पर्क भएको बताउनुभएको छ  । ‘उनीहरू लिबियाको कुन ठाउँमा छन् भनेर पत्ता लगाउने प्रयास भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘आईओएमले मिश्रटको सम्भावित ठाउँमा टोली परिचालन गरिसकेको जानकारी पाइएको छ ।’
लिबियाली दूतावासले भने नेपालीलाई थुनेर राख्ने एजेन्ट वा नेपाली नागरिकको फोन नम्बर उपलब्ध गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू