अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१७ | Colorodo: 14:32

बेलायतकी महारानीका पति फिलिप सवारी दुर्घटनामा घाइते

बिआरटीनेपाल २०७५ माघ ४ गते ४:३६ मा प्रकाशित

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक सवारी दुर्घटनामा घाइते हुनुभएको छ । दुर्घटनापछि उहाँलाई एक अस्पतालमा उपचारका लागि लगिएको अधिकारीहरुले जनाएका छन् । उहाँको अवस्था खतरामुक्त रहेको बताइएको छ । फिलिपको शरीरमा भित्री चोट नरहेको चिकित्सकले जनाएका छन् ।

उक्त घटनामा ९७ वर्षीय फिलिप सवार मोटर भने क्षतिग्रस्त भएको छ । दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको छ । अन्य सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू