अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

किमको पत्र बोकेर उत्तर कोरियाली अधिकारी अमेरिकामा

बिआरटीनेपाल २०७५ माघ ४ गते ४:२३ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ उनका दाहिने हात मानिने एक उच्च अधिकारी अमेरिकाको राजधानी वासिंटन डिसी पुगेका छन् । किमका नजिकका व्यक्ति एवं उत्तर कोरिया तथा अमेरिकाबीचको वार्तामा सहभागीमध्येका एक किम योङ्ग चोल अमेरिकी अधिकारीसँगको भेटका लागि डिसी पुग्नुभएको हो ।

चोलले आफ्नो साथमा किमले ट्रम्पका लागि लेखेको चिट्ठी लिएर गएको बताइएको छ । चोलले अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओसँग शुक्रबार भेट गर्ने तयारी रहेको दक्षिण कोरियाको सरकारी समाचार संस्था योनहाफले जनाएको छ ।

किम र ट्रम्पबीचको दोस्रो वार्ता भियतनाममा हुने तयारी भइरहेको खबर आइरहेका बेला चोल किमको चिट्ठी लिएर अमेरिका पुग्नुभएको हो । ट्रम्प र किमबीच गत वर्ष सिंगापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो । त्यसपछि उत्तर कोरियाले परमाणु निशस्त्रिकरणको काम गरिरहेको छ ।

बीचमा विभिन्न अवरोध आए पनि काम भइरहेको बताइन्छ । यही सेरोफेरोमा दुई नेताबीच फेरि वार्ताको तयारी भएको हो । चोल चीनको बेइजिङ हुँदै अमेरिका पुगेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू