अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

मोडल सृष्टि खड्काले अभिनय गरेको हिन्दी म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७५ माघ ३ गते २२:४६ मा प्रकाशित

मोडल सृष्टि खड्काले अभिनय गरेको हिन्दी म्युजिक भिडियो “कुच तो हे” सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा उनलाई समिम खानले साथ दिएका छन् । सृष्टिले नेपाली थुप्रै म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छिन् । 

गीतलाई बलिउडकी चर्चित गायिका ज्योतिका तन्गरी र यसरी देशैले गएका हुन् । ज्योतिकाले बलिउडमा पल्लो लटके लगायतका हिट गीतहरू दिइसकेकी छिन् भने यसरले बलिउडका थुप्रै अभिनेताको चलचित्रमा गीत गाइसकेका छन् । गीतलाई बजारमा जी म्युजिक कम्पनीले ल्याएको गीतमा अजय जैसवालको सङ्गीत र राशि महेस्वारीको शब्द सुन्न सकिन्छ ।

गीतको भिडियोमा स्वप्निल जैसवालको निर्देशन, पवन गौतमको छायाङ्कन, रीतु राणाको मेकअप, कृष्ण रसलको कोरियोग्राफी, हैदिक सिंह रानको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया