अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

न्यूयोर्कमा मनाइयो येले संवत् ५०७९

बिआरटीनेपाल २०७५ माघ ३ गते ११:२३ मा प्रकाशित

न्यु योर्क, अमेरिकामा बसोबास गर्ने किराँत राईहरूले सामूहिक रूपमा किराँत येले संवत् ५०७९ मनाएका छन् । किराँत राई सोसाइटी अफ अमेरिका न्यर्योक च्याप्टरको आयोजनामा येले संवत ५०७९ मनाइएको हो । येले संवत् किराँत राई, लिम्बू, याक्खा, सुनुवार लगायत समुदायको साझा सांस्कृतिक तथा एतिहासिक संवत हो । यसलाई किराँत समुदायले आफ्नो नयाँ वर्षको रुपमासमेत मनाउन थालेका छन् ।

तरुल, चाकु, तिलको लड्डु, सेल रोटी खाँदै अमेरिकामा येले संवत् मनाइएको हो । कार्यक्रममा येले संवत्को सांस्कृतिक तथा एतिहासीक महत्त्वको बारेमा छलफल तथा अन्र्तगतकृया भएको बताउँदै किराँत राई सोसाइटी अफ अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष भारती राईले भन्नुभयो । ‘संस्कार संस्कृतिको महत्त्वबारे बालबालिकाहरुलाई समेत सहभागिता गराउँदै सांस्कृतिक पुस्तान्तरणको अभ्यास अमेरिकामा प्रथम पटक गरिएको हो ।’ 

उक्त कार्यक्रममा संस्थाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष खगेन्द्र राईले येले संवत्कोे ऐतिहासिक तथा सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै येले संवत्ले किराँत विरासत र इतिहासलाई मात्रै पहिचान नगर्ने बरु नेपालकै पहिचान र इतिहासको प्रतिनिधित्व गरेका बताउँदै भनुभयो ‘नेपाल सरकारले यसलाई कामकाज संवत् रूपमा मान्यता दिनु पर्छ ।’ 

प्रथम किराँत राजा यलम्वरले नेपालमा शासन गरेको समयलाई मानेर येले संवत् प्रचलनमा ल्याइएको हो । यस संवतलाई किराँत राईहरूले येले दोङ तथा येले दुङ भन्दछन् भने लिम्बुहरूले येले तङ्बे र सुनुवारहरूले येले थोचे भन्ने गरेको पाइन्छ । काठमाडौँ उपत्यकामा किराँत राजाका ३२ पुस्ताले शासन गरेको इतिहास छ । इतिहासकार तथा विज्ञहरूका अनुसार नेपालमा किरातहरुले करिब १८ सय वर्ष शासन गरेका थिए । किराँत समुदायले हरेक वर्ष माघ १ गते येले संवत् मनाउने गरेका छन् । 

फोटो: दीपा राई

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू