अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

अमेरिकामा पनि बाबाको साङ्गीतिक यात्रा पछ्याउँदै गुञ्जन

बिआरटीनेपाल २०७५ माघ ३ गते ९:१८ मा प्रकाशित

काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल तबला बाधक तुंगनाथ उपाध्यायको कान्छी छोरी गुञ्जन उपाध्यायले अमेरिकामा पनि आफ्नो बुबाको लय पछ्याउदै अघि बढिरहेकी छिन् । हाल स–परिवार अमेरिकामा बस्दै आएकी गुञ्जनलाई तोते बोली बोल्न जान्दै र बामै सरेर हिँड्न सक्ने हुँदा देखी नै उनका बुबा तुंगनाथले गायन तथा सङ्गीतको क्षेत्रमा डोर्‍याएका हुन् ।

बाबाको साथमा काठमाडौँ स्थित मालिगाउँको आफ्नै घरमा उनले नेपालका प्रसिद्ध तबला बाधक पं. होमनाथ उपाध्यायद्धारा स्थापित ‘प्रस्तार’ समूहको साधना पनि नजिकबाट अनुभव गर्ने मौका पाइन् । जसका कारणले पनि उनलाई साङ्गीतिक क्षेत्रमा लाग्ने ऊर्जा मिल्यो । विद्यार्थी जीवनमा उनी ग्यालेक्सि पब्लिक स्कुल को छोरी ग्रुपमा थिइन्।

बागबजारस्थित केएमसीमा दोस्रो वर्षमा पढ्दै गर्दा उनी अमेरिका प्रस्थान गरिन् । जुन समयमा उनी चण्डी काफ्ले सित शास्त्रीय सङ्गीत सिक्दै थिइन् भने गुरु पं होमनाथ उपाध्याय र पछि उहाँको व्यस्ततामा सन्तोष बर्मासँग तबला पनि सिक्दथिन् । उनले माधुरी ताई, पद्मविभुषण राम देश पाण्डे ज्युकी श्रीमती अर्चना देशपान्डे आदि गुरुबाट पनि केही समय गायन सिकिन् । समय मिलाएर उनले काठमाडौँ बाट प्रवीण बुडापिर्थी सित केही समय पियानो समेत सिकिन । गुञ्जनको घरमा साङ्गीतिक माहौल सधैँ रहने गर्दछ । उनकी आमाले ललितकला क्याम्पसमा केही समय सितार सिकेकी थिइन् भने दिदी अन्तराले गुरु गोपालनाथ योगी र रुपक साथै नोर्वु छिरिङवाट भायोलिन सिक्ने गर्थिन् । तिनताका बुबा तुँगनाथ स्कुलहरूमा र बाहिर म्युजिकल कार्यक्रमहरू गर्ने गर्दथे ।

नेपालबाट अमेरिका पुगेपछि पढाइको साथमा उनको साँगिती यात्राले अझै उचाइ लिदैं गइरहेको छ । विभिन्न कार्यक्रमहरूमा उनका प्रस्तुतिले विशेष महत्त्व पाउँदै गइरहेका छन् भने । उनका फ्यान फलोर्यस पनि बढ्दै गइरहेका छन् । अमेरिमामा रहेको विभिन्न सङ्घ संस्थाको कार्यक्रमहरूमा गाउँदै गर्दा सन २०१३ मा नेपालीहरुद्धारा सञ्चालित संस्था ए.एन.ए को सुपरनोभा ट्यालेन्ट कम्पिटिसनमा भाग लिइन र प्रथम पनि भइन भने ट्वान्टि हार्वस रेडियो स्टेसनको वर्ष २०१५ को ट्यालेन्ट सिंगीग कम्पिटिसनमा डालासका ६० उत्कृष्ट सहभागी मध्ये हिन्दी गीतमा उनी मात्र एक नेपाली चेलीले फस्ट रनर अप हुन सफल भइन ।उनले गाएका विभिन्न कभर सङपनि दर्शकले राम्रो रुचाएका छन् । हाइलाईट्स नेपाल मार्फत केही समय अगाडि मात्र उनले आफ्नो बुबाको शब्द तथा सङ्गीतमा ‘माया कस्तो लाएँ’ बोलको गीत दर्शकमाझ प्रस्तुत गरेकी छिन् ।

प्रतिक्रिया