अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३५ | Colorodo: 16:50

विकास साहयता १६ प्रतिशतले वृद्धि

बिआरटीनेपाल २०७५ माघ २ गते १९:५९ मा प्रकाशित

अघिल्लो आर्थिक बर्षमा भन्दा गत आर्थिक बर्षमा विकास साहयता १६ प्रतिशतले वृद्धि भएको छ । सरकारले मुलुकको आर्थिक एवम् सामाजिक उन्नयनका निम्ति अन्तराष्ट्रिय समुदाय र निकायबाट प्राप्त भौतिक तथा आर्थिक सहायतासम्बन्धी प्रतिवेदनमा यस्तो देखिएको हो । अर्थ मन्त्री डा. युवराज खतिवडा द्धारा सार्वजानीक विकास साहयता आर्थिक बर्ष २०७४/०७५ मा १ अर्ब ६२ करोड २८ लाख अमेरिकी डलर परिचालन भएको उल्लेख गरिएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्री खतिवडाले अघिल्लो आर्थिक बर्षमा भन्दा गत आर्थिक बर्षमा २२ करोड ८२ लाख अमेरिकी डलर बढी विकास साहयता परिचालन भएको बताए । आर्थिक बर्ष २०७३÷०७४ मा यस्तो विकास साहयता १ अर्ब ३९ करोड ८२ लाख अमेरिकी डलर विभिन्न अन्तराष्ट्रिय समुदाय तथा निकायहरुबाट प्राप्त भएकोे थियो ।

सो अवधिमा कूल सहायता रकममा ऋण सहायताको अंश ५०.५ प्रतिशत, अनुदान सहायताको अंश ३५.१ प्रतिशत र प्राविधिक सहायताको अंश १४.४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । सार्वजानीक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण सहायता बृद्धि भएको छ भने प्राविधिक सहायतामा केही कमी आएको छ ।

प्राप्त सहयोग मध्ये ७८ प्रतिशत राष्ट्रिय बजेट प्रणाली मार्फत प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षमा यो ७३ प्रतिशत थियो । अझै २२ प्रतिशत सहायता राष्ट्रिय बजेट प्रणाली बाहिरबाट परिचालन भएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा परिचालित सहायता मध्ये ४५ प्रतिशत अर्थात ७२ करोड ७० लाख अमेरिकी डलर प्रत्यक्ष वा अप्रत्यक्ष लैंगिक सहायतासँग सम्बन्धित रहेको छ ।

बहुपक्षीय विकास साझेदार मध्ये विश्व बैंक समूहले सबैभन्दा बढी ५३ बढी ५३ करोड ३५ लाख अमेरिकी डलर सहायता प्रवाह गरेको छ । त्यसपछि एसियाली विकास बैंकले २९ करोड १७ लाख, युरोपियन युनियनले ११ करोड ७८ लाख, संयुक्त राष्ट्र संघ समूहले ६ करोड ५६ लाख र कृषि विकासका लागि अन्तर्रा्ष्ट्रिय कोषको १ करोड ५८ लाख अमेरिकी डलर रहेको छ । परिचालित कूल सहयोग मध्ये बहुपक्षीय विकास साझेदारको योगदान ६४ प्रतिशत र द्विपक्षीय विकास साझेदारको योगदान ३६ प्रतिशत रहेको छ ।

द्विपक्षीय विकास साझेदार मध्ये सबैभन्दा बढी बेलालय (अमेरिकी डलर १२ करोड, ३९ लाख) र त्यसपछि अमेरिका, जापान, चीन र भारत रहेका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा आर्थिक सुधारको क्षेत्रमा सबैभन्दा बढी सहयायोग परिचालन भएको छ । अघिल्लो आर्थिक वर्षमा शिक्षा क्षेत्र पहिलो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ । अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु मार्फत उपलब्ध हुने रकम विगत वर्षहरुमा भन्दा घटेको छ । अघिल्लो आर्थिक वर्षमा अमेरिकी डलर १८ करोड, ६५ लाख ३० हजार परिचालन भएकोमा यो अवधिमा ११ करोडको ३ लाख मात्र परिचालन भएको प्रतिवेदनमा उल्लेख छ ।

भूकम्प पछिको पुनर्निर्माणको लागि दिने भनी बाचा गरिएको अमेरिकी डलर ४ अर्ब १० करोड ९५ लाख मध्ये गत फागुन भित्रमा ८८ प्रतिशत अर्थात अमेरिकी डलर ३ अर्ब ६२ करोड ९३ लाख बराबरको संझौता भइसकेपनि करीब २३ प्रतिशत मात्र प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू